नियम ३९प
सहकारी खेती गर्नेलाई सुविधा दिइने
ऐनको दफा ५१झ. बमोजिम देहायका कृषि उत्पादन गर्नको लागि सहकारी खेती गर्न चाहनेलाई परिषद्को सिफारिशमा नेपाल सरकारले आवश्यक सहुलियत तथा सुविधा उपलब्ध गराउन सक्नेछ ः– (क) खाद्यान्न वाली (ख) नगदे वाली (ग) फलफूल (घ) जडीबुटी (ङ) पशुपालन (च) परिषद्ले तोकेको अन्य कुनै उत्पादन ।